सुनको मूल्य फेरि बढ्यो, हेर्नुहोस् कति पुग्यो आज

957
shares
national life insurances
Nabil bank

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन प्रतितोला सुनको भाउ ९ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघका अनुसार हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ थियो । आज २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ ।

 

 

यता, चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन एक तोला चाँदीको भाउ २० रुपैयाँका दरले वृद्धि भएर ३ हजार २२० रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited