वैदेशिक रोजगारी जाने श्रमिकका लागि स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सयमा बढ्यो

1.1K
shares
national life insurances
Nabil bank

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्कमा वृद्धि गरेको छ। नयाँ दरअनुसार श्रमिकले अब ९,५०० रुपैयाँ तिर्नुपर्नेछ।

यसअघि स्वास्थ्य परीक्षण केन्द्रहरूले अधिकतम ६,५०० रुपैयाँसम्म असुल्दै आएका थिए। शुल्क क्षेत्रमा एकरूपता ल्याउने उद्देश्यले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने र समान दर लागू गर्ने निर्णय गरेका हुन्।

मन्त्री भण्डारीले २०८१ चैत ८ गते मन्त्रीस्तरीय निर्णयमार्फत स्वास्थ्य परीक्षणका सबै सेवाहरूलाई एकैपटक समेटिएको ‘प्याकेज’ मा ९,५०० रुपैयाँ तोकेका थिए। सो निर्णय आजबाट देशभर लागू भएको हो।

सरकारले परीक्षण शुल्क एकरूप बनाउँदा विदेश जाने श्रमिकले कुन केन्द्रमा जाने भन्ने अन्योल हट्ने तथा सेवामा पारदर्शिता बढ्ने बताइएको छ। शुल्क बढे पनि यसले परीक्षण प्रक्रियालाई व्यवस्थित, छरितो र दुरुपयोगविहीन बनाउन मद्दत गर्ने श्रम मन्त्रालयको तर्क छ।

यद्यपि, शुल्क वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकको आर्थिक बोझ थपिने र सरकारले नियमित अनुगमन नगरे परीक्षण केन्द्रहरूले सेवामा गुणस्तर नपुर्‍याउन सक्ने भन्ने चासो पनि उठाइएका छन्।

श्रम मन्त्रालयका अनुसार नयाँ शुल्क संरचना उल्लङ्घन गर्ने स्वास्थ्य संस्थामाथि कडा कारबाही गरिनेछ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited