जलवायु परिवर्तन र हरित प्रविधिहरूको विकासमा लगानी

19.2K
shares
Nabil bank

आजको विश्वमा जलवायु परिवर्तन मानव सभ्यतामाथि परेको सबैभन्दा गम्भीर चुनौती हो। असामान्य मौसमी परिवर्तन, तापक्रमको वृद्धि, बाढी, सुख्खा, हिमनदीको पग्लन, समुद्री सतहको वृद्धिले पृथ्वीको जीवन प्रणाली नै संकटमा पारेको छ। वातावरणीय संकट केवल प्राकृतिक क्षति मात्र होइन, सामाजिक, आर्थिक र राजनीतिक संरचनालाई समेत प्रभावित पारिरहेको छ।

 

औद्योगिकरण र परम्परागत विकास मोडलले प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन गर्दै वातावरण प्रदूषित बनाएको छ। जीवाश्म इन्धनमा निर्भरता, वन विनाश, अनियन्त्रित शहरीकरण र फोहोर व्यवस्थापनको कमजोरीले समस्या अझ जटिल बनाएको छ। यसको प्रत्यक्ष असर कृषि उत्पादनमा कमी, जलस्रोतको अभाव, स्वास्थ्य समस्या, र दिगो विकासको अवरोधका रूपमा प्रकट भइरहेको छ।

 

यस्तो अवस्थामा दिगो विकास हासिल गर्न आर्थिक वृद्धिसँगै वातावरणीय संरक्षणलाई प्राथमिकता दिनु अपरिहार्य छ। आर्थिक गतिविधि र वातावरणबीच सन्तुलन कायम नगरी दीर्घकालीन समृद्धि सम्भव छैन। यही सन्दर्भमा हरित वित्त महत्वपूर्ण साधनका रूपमा देखा पर्छ। हरित वित्तले नवीकरणीय ऊर्जा, हरित भवन, सफा यातायात, वन संरक्षण र जलस्रोत व्यवस्थापनजस्ता परियोजनामा लगानी गरेर वातावरणीय संकट न्यूनीकरण गर्ने मात्र होइन, नयाँ रोजगारी र स्थायी अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउँछ।यसैले, जलवायु संकटको समाधान र दिगो भविष्य निर्माणका लागि हरित वित्तको विकास अपरिहार्य पृष्ठभूमि हो।

 

हरित वित्त  वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र हरित प्रविधिको विकासमा लगानीलाई बुझिन्छ। यसले आर्थिक क्रियाकलापलाई पर्यावरणमैत्री बनाउने काम गर्दछ। परम्परागत विकास मोडलले प्राकृतिक स्रोतको अन्धाधुन्ध प्रयोग गरी प्रदूषण बढाएको छ भने, हरित वित्तले विकास र वातावरणलाई सन्तुलनमा ल्याउने प्रयास गर्दछ।

 

हरित वित्तमार्फत नवीकरणीय ऊर्जा, हरित भवन, जल संरक्षण, सफा यातायात, वन संरक्षण र फोहोर व्यवस्थापनमा लगानी गर्न सकिन्छ। यसले केवल वातावरणीय सुधार मात्र होइन, नयाँ रोजगारी सृजना र दीर्घकालीन आर्थिक स्थिरता पनि ल्याउँछ। कार्बन उत्सर्जन घट्दा सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ, विदेशी लगानी आकर्षित हुन्छ र हरित उत्पादनको बजार विस्तार हुन्छ।

 

हरित वित्त एक बहुआयामिक अवधारणा हो जसले मानव कल्याण र सामाजिक समानतामा सुधार ल्याउँछ । यो अवधारणा १९८० को दशकमा अघि सारिएको दिगो विकासको विकसित अवधारणा हो । हरित वित्त वा हरित वृद्धिको अवधारणाले विकास र वृद्धि, उत्पादनजस्ता मानवीय क्रियाकलापलाई छुट्टै रुपमा नहेरी वातावरण सन्तुलन, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोतको पुनर्भरणसहितको उपयोगको सापेक्षमा हेरिनु पर्दछ भन्ने मान्यता स्थापित गरेको छ । यसले पहिलो वृद्धि अनि व्यवस्थापन भन्ने अवधारणालाई नै चुनौती दिई विकास, साधन उपयोग, प्रविधि प्रयोग, लगानी आदिलाई प्रकृतिसम्मत तरिकाले हेर्नुपर्दछ भन्ने साझा सोच अघि सारेको छ । यसको अभिबृद्धिले स्रोतको प्रयोगमा कमी, प्रदूषण न्यूनिकरण र नकारात्मक वातावरणीय प्रभावहरूलाई कम गर्नुका साथै आर्थिक वृद्धि र जीवन कल्याणलाई बढावा दिएको हुन्छ ।

 

हरित वित्त वातावरणीय प्रभावलाई न्यूनीकरण गर्ने र दिगोपनलाई बढावा दिने आर्थिक प्रणाली हो । यसले वस्तु र सेवाहरूको उत्पादन र उपभोग समावेश गर्दछ जसले स्रोतको प्रयोगमा कमी, प्रदूषण न्यूनिकरण, र नकारात्मक वातावरणीय प्रभावहरूलाई कम गर्छ, साथै आर्थिक वृद्धि र जीवन कल्याणलाई बढावा दिएको हुन्छ । हरित वित्तका पहलहरू प्रायः नवीकरणीय ऊर्जा, संसाधन दक्षतामा बृद्धि, पर्यावरण–मैत्री प्रविधि, र प्राकृतिक स्रोतहरूको संरक्षणमा केन्द्रित हुन्छन् ।

 

हरित वित्तले प्राकृतिक विज्ञान र अर्थबीचको दूरीलाई घटाउँछ । विश्वव्यापी पर्यावरण संरक्षण नीतिका माध्यबाट वित्तमा रोजगारी सिर्जना गरि आय असमानता, बेरोजगारी तथा गरिबी न्यूनिकरणलाई बढावा दिन यसले मदत गर्दछ । कुनैपनि मुलुकको वित्त त्यहाँ हुने आर्थिक क्रियाकलापमा भर पर्दछ । आर्थिक क्रियाकलापसँगै प्राकृतिक श्रोत र साधनको दोहन पनि तिव्रदरमा बढ्दै गएको हुन्छ । विकास र प्राकृतिक श्रोतको उपयोगमा सन्तुलन बनाउन सकिएन भने भोलिको दिनमा राष्ट्रले स्वच्छ वातावरणको कल्पना गर्नु अर्थहीन हुन्छ । यहि दिगो विकास र वातावरणीय सन्तुलनको अवधारणालाई आत्मसाथ गर्दै आर्थिक विकास गर्नुलाई नै हरित वित्त भनिन्छ ।

वित्त र वातावरणबीच एकीकरण गरी प्रकृतिको साधन आधारलाई सन्तुलित पारिराख्न हरित वित्तको अवधारणा अघि सारिएको हो । यो विकासका साथ प्राकृतिक साधन भण्डारणलाई मान्यता दिने अवधारणा हो । हरित वित्तले वातावरणीय जोखिम र जैविक साधनको अभावलाई घटाई आर्थिक वृद्धि हासिल गर्न सघाउ पुरयाउँछ । यसको मूल आधार आर्थिक उत्पादनका क्रियाकलापबाट उत्सर्जन हुने हरितगृह ग्याँसलाई न्यून पार्ने, साधन उपयोगमा कार्यकुशलता बढाउने हो । हरित वित्तको प्रमुख क्षेत्रहरूमा नवीकरणीय ऊर्जा, हरित निर्माण, स्वच्छ यातायात,भूमि व्यस्थापन, पर्यटन, दिगो कृषि उत्पादन, जल व्यवस्थापन, फोहोर व्यवस्थापन र दिगो वन व्यवस्थापन पर्छन् । हरित वित्त प्रदुषणरहित विकास गतिविधिसँग मात्र होइन, आर्थिक, सामाजिक, राजनीतिक लगायत समग्र शासकीय प्रणाली अन्र्तसम्बन्धित हुने गर्दछ ।

जलवायु परिवर्तनको असरले पृथ्वी र मानव जीवनलाई निरन्तर चुनौती दिइरहेको छ । विगत दुई सय वर्षमा मानिसले प्राकृतिक स्रोतको अति दोहन गरी धनी बन्ने होडले पर्यावरणीय सन्तुलन बिग्रँदै जानु जलवायु परिवर्तनको मूल कारण भएको वैज्ञानिक मत रहँदै आएको छ । हिमाल पग्लन थालेका छन् भने बाढी, पहिरो, डुबानका समस्या निरन्तर बढ्दै छन् । पृथ्वीको तापमान बढ्दै गएर वन आगोबाट सखाप हुँदै छ । समुन्द्र सतह बढ्दै तटीय मुलुक र बसोबासको भविष्य अन्योलमा परेको छ । प्राकृतिक प्रकोप बढ्दो छ । हिमाल पग्लने, बाढी, पहिरो र डुबानका घटनाले जोखिम निरन्तर बढ्दो छ । पानीका मुहान सुकेका छन् । धनजनको क्षति बढ्दै छ । मनसुनमा आधारित कृषि चक्रमा अवरोध आइरहेको छ । यी सबै कारणले पर्यामैत्री दिगो विकास आवश्यक छ । त्यसका निम्ति हरित वित्त निर्माणका आधार पहिल्याउँदै त्यसतर्फ अगाडि बढ्नुको अब विकल्प छैन ।

मानिसको जीवन जीव र वनस्पतिमा आधारित छ । वनस्पति र जीवको आधार पृथ्वी हो । मानिसलाई खाद्य स्रोतको ८० प्रतिशत वनस्पतिबाटै प्राप्त हुन्छ । कृषि वित्तको मूल स्रोत भूमि नै हो । विकासका नाममा भूमिको विकृत दोहनले दिगो वित्तका आधार खल्बलिँदै गएको छ । हरित वित्तले दिगो विकासको आधार सिर्जना गर्छ । प्राकृतिक स्रोत र साधनलाई अहिलेकै विकासका निम्ति मात्र दोहन गर्दैन । भावी पुस्ताका निम्तिसमेत विकासका आधार सिर्जना गर्छ । हरित वित्तमा भौतिक पूर्वाधार निर्माणमा वातावरणमैत्री अवधारणाको प्रयोग हुन्छ भने कृषिमा जैविक प्रणालीलाई महत्व दिइन्छ ।

हरित वित्तको अवधारणाले अब विकास र उत्पादन वृद्धि जस्ता मानविय क्रियाकलापहरुलाई फरक–फरक रुपमा व्याख्या नगरीकन वातारणीय सन्तुलन , जैविक विविधता संरक्षण र प्रयोग, प्राकृतिक स्रोतको पुनः भरण सहितको सापेक्षतामा केन्द्रित रहनु आवश्यक छ । स्थानीय पर्यावरणलाई संरक्षण गर्दै भावि पुस्ताले समेत यसको प्रयोग गर्न पाउनु पर्दछ भन्ने मान्यतामा आधारित भएर हरेक प्रकारका आर्थिक क्रियाकलापहरु सञ्चालन गर्नका लागि हरेक मुलुकलाई प्रेरित गर्ने यस अवधारणाको अभ्यासमा विशेषगरि शक्ति राष्ट्रहरुको हतियार उत्पादन र भण्डारण मुख्य बाधक बनेको छ ।

छिमेकी मुलुक भारतलाई हेर्ने हो भने भारतका बैंकहरूले पनि अनलाइन फाइनान्सिङ, मोबाइल फाइनान्सिङ, ग्रीन च्यानल काउन्टरहरू, ई–स्टेटमेन्ट, सौर्य एटीएम, आदि जस्ता ग्रिन बैंकिङ अभ्यासहरू सुरु गरेका छन् । भारतमा पहिलोपटक इन्डसइन्ड बैंकले देशको पहिलो सौर्य उर्जाबाट चल्ने एटिएम खोलेको थियो । त्यस्तै, भारतको अर्को बैंक एचडीएफसी बैंकले ग्रिन फाइनान्सिलाई प्रवर्द्धन गर्न थुप्रै सुझावहरु पनि प्रकाशित गरेको पाइन्छ । भारतमा नवीकरणीय ऊर्जाको विकासलाई बढावा दिन हरित वित्त एक प्रमुख शक्तिको रूपमा उभिएको छ ।सन् २००८को विश्वव्यापी वित्तीय संकटले हरित अर्थतन्त्रको आवश्यकतामा थप ध्यान केन्द्रित गरेको पाइन्छ । धेरै देशहरूले हरित पूर्वाधारमा लगानी गर्ने र दिगो उद्योगहरूलाई प्रवर्द्धन गर्ने जस्ता आर्थिक सुधारका योजनाहरूमा हरित उपायहरू समावेश गर्न थालेको पाइन्छ ।

हरित वित्तको अवधारणाले गति लिन थालेपछि, युरोपेली लगानी बैंक र विश्व बैंकले क्रमशः सन् २००७ र २००८मा पहिलो ग्रीन बन्ड जारी गरे। विगत लामो समयदेखि संसार जैविक इन्धन र त्यसैको विद्युतीय ऊर्जामै निर्भर रह्यो । जैविक इन्धनको निर्भरता क्रमशः घटाउनेतिर संसार अहिले अगाडि बढेको छ । छिमेकी भारत र चीन अझै उच्च जैविक इन्धन प्रयोगकर्ता छन् । तिनलाई स्वच्छ ऊर्जा चाहिएको छ । विकसित देशमा उद्योग र सेवा क्षेत्रमा विद्युतीय ऊर्जाको प्रयोग व्यापक रुपमा हुँदै आएको छ ।

जलवायु परिवर्तन, वायु प्रदूषण र ऊर्जा सुरक्षाका चिन्ताले हरित ऊर्जाक्षेत्रमा लगानी बढेको हो । त्यसका साथै, नौलो प्रकारको प्रतिस्पर्धात्मक र रोजगार निर्माणका लागि उद्योगको स्थापना गर्ने चाहनाले हरित क्षेत्रमा लगानी बढेको छ । राष्ट्र बैंकमार्फत प्रस्तुत मस्यौदामा ट्याक्सोनोमीले वित्तीय क्षेत्रका सरोकारवालालाई ‘हरित गतिविधिका क्षेत्र पहिचान गर्न, त्यसमा आर्थिक गतिविधि गर्न, त्यस क्षेत्रको पुँजी, स्रोत र क्षमतालाई हरित वित्ततर्फ निर्देशित गर्न मद्दत गर्ने लक्ष्य राखेको बताइएको छ । नेपालले आफ्नो वित्तीय प्रणालीलाई ‘हरित बनाउन आवश्यक रहेको र त्यसका लागि जलवायु र वातावरणीय महत्वाकांक्षा पूरा गर्न नेपाललाई पर्याप्त आर्थिक स्रोत आवश्यक पर्दछ ।

हरित वित्तमा मुलुक प्रवेश गर्नका लागि हरित वित्तीय प्रणालीको पुर्वाधारहरु निर्माण गर्नु आवश्यक छ । हरित वित्तीय प्रणालीले नवीकरणीय ऊर्जा, जैविक स्रोत तथा साधनको उच्चतम उपयोग, सफा ऊर्जा प्रणालीमा विकासजस्ता क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउन र बैंक तथा वित्तीय संस्थाको लगानीको पोर्टफोलियो विविधीकरण गर्न प्रोत्साहन गर्नेछ । यस्तो प्रणालीको विकास भएमा नेपालमा देखिएका र आउन सक्ने जलवायु परिवर्तनको जोखिमलाई कम गर्न र हरित वित्ततर्फ प्रवेशको बाटो खुल्छ । जलवायु परिवर्तनको दिशामा प्रभाव देखिने गरी काम गर्नका लागि कर्मकाण्डी योजनाभन्दा परिणाममुखी दिशानिर्देशको खाँचो छ । अन्ततः, हरित वित्तले वातावरण संरक्षण र आर्थिक विकासलाई हातेमालो गराउने पुलको काम गर्छ। यो समकालीन विश्वको महत्वपूर्ण आवश्यकता हो, जसले दिगो र समृद्ध भविष्य सुनिश्चित गर्दछ। पर्यावरण र अर्थतन्त्रको सन्तुलन बिना दीर्घकालीन विकास सम्भव छैन। त्यसैले हरित वित्तको विस्तार र प्रभावकारी उपयोगमा सबैको सहकार्य आवश्यक छ।

हरित वित्तको अवधारणाले विकास र उत्पादन वृद्धिजस्ता मानवीय क्रियाकलापलाई छुट्टै रुपमा नहेरी वातावरण सन्तुलन, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोतको पुनर्भरणसहितको उपयोगका सापेक्षमा हेरिनुपर्दछ भन्ने मान्यता स्थापित भएको छ । विकसित मुलुकले विगतमा स्रोत, साधनको प्रचुर दोहन र उपयोग गरी विकास गरेर वातावरण बिगारेका छन् । विकास, साधन उपयोग, प्रविधि प्रयोग, लगानी आदिलाई प्रकृतिसम्मत तरिकाले हेर्नुपर्दछ  हरित वित्तमा देखिएका समस्याहरुलाई समयमै निराकरण् गर्न आवश्यक छ । यसका लागि सरोकारवालाहरुको उचित समन्वय र सहकार्यको खाँचो छ ।जलविद्युत, सौर्य ऊर्जा, वन संरक्षण र परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न हरित लगानी अनिवार्य छ। तर, यसको कार्यान्वयनमा प्राथमिकताको कमी, पूँजी अभाव र जनचेतनाको कमी चुनौतीका रूपमा छन्।

नेपालमा सन् २०११ मा ग्रीन फाइनान्सिङको अवधारणा आरम्भ गर्ने पहिलो बैंक ‘बंगलादेश बैंक हो । नेपालको सन्दर्भमा लक्ष्मी बैंक ग्रिन फाइनान्सि अवधारणा र रणनीतिको आरम्भकर्ता हो । त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिभिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकहरूले ग्रिनफाइनान्सिङ अभ्यासलाई समर्थन गरिरहेका छन् । हालसम्म नबिल बैंक, एनएमबि बैंक र ग्लोबल आईएमई बैंकले ग्रिन फाइनान्सि अभ्यासलाई जोड दिएको पाइन्छ । ग्रिन फाइनान्सिङ अभ्यासलाई समेट्ने गरी हाल नेपालका अधिकांश बैंकहरुले लगानी गर्दै आएका छन् ।

यसकारण सरकारले हरित ऋण, हरित बन्ड, वातावरणीय बीमा जस्ता संयन्त्र विकास गर्नुपर्छ। निजी क्षेत्रलाई कर छुट र प्रोत्साहन दिनुपर्छ। अन्तर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गरी नेपालले हरित वित्तलाई प्रभावकारी बनाउन सके दिगो विकास, वातावरणीय न्याय र समृद्ध भविष्य सुनिश्चित गर्न सकिन्छ।

जलवायु परिवर्तनले ऊर्जा उत्पादन र उपभोग प्रणालीलाई नै पुनःविचार गर्न बाध्य पारेको छ। जीवाश्म इन्धन (तेल, ग्यास, कोइला) मा निर्भरता बढ्दा कार्बन उत्सर्जन तीव्र रूपमा बढेको छ। यसले वातावरणीय प्रदूषणसँगै मानव स्वास्थ्य र कृषि उत्पादनमा गम्भीर असर पारेको छ। त्यसैले नवीकरणीय ऊर्जा जस्तै सौर्य, पवन, जलविद्युत, बायो–एनर्जी र हरित भवन प्रविधिमा लगानी बढाउनु आज अपरिहार्य भएको छ। यी प्रविधिहरूले कार्बन उत्सर्जन घटाउनुका साथै दिगो विकासमा योगदान पुर्‍याउँछन्।

नेपाल जस्ता मुलुकका लागि हरित प्रविधि विशेष महत्त्वपूर्ण छन्। नेपालमा जलविद्युतको विशाल सम्भावना छ, जसको उपयोगले केवल घरेलु आवश्यकता मात्र नभई छिमेकी मुलुकलाई ऊर्जा आपूर्ति गर्न सकिन्छ। सौर्य प्यानल र मिनी–ग्रिड प्रविधिले ग्रामीण क्षेत्रमा विद्युतीकरण विस्तारमा सहजीकरण गर्न सक्छ। त्यस्तै, विद्युत–सवारीसाधनमा लगानी बढेमा इन्धन आयातमा निर्भरता घट्ने मात्र होइन, वातावरणीय प्रदूषण पनि कम हुनेछ।

हरित प्रविधिमा लगानी गर्नु आर्थिक दृष्टिले पनि लाभदायी छ। प्रारम्भिक लागत केही उच्च भए पनि दीर्घकालीन फाइदा विशाल हुन्छ। ऊर्जा दक्षता बढ्दा उत्पादन लागत घट्छ, रोजगारी सिर्जना हुन्छ, र वातावरणमैत्री उद्योग विकास हुन्छ। अन्तर्राष्ट्रिय स्तरमा पनि हरित लगानीलाई प्रोत्साहन गर्ने वित्तीय संयन्त्रहरू (जस्तै हरित वित्त, जलवायु कोष) बढिरहेका छन्, जसको उपयोग गरेर मुलुकहरूले प्रविधि हस्तान्तरण र आवश्यक पूँजी जुटाउन सक्छन्।यसका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक छ। सरकारले नीति, कर–सुविधा र प्रोत्साहन प्रदान गर्नुपर्छ भने निजी क्षेत्रले नवीनतम प्रविधि र लगानी प्रवाह गर्नुपर्छ। नागरिक समाज र सर्वसाधारणले हरित उपभोग, वातावरणमैत्री जीवनशैली र सचेतनामा योगदान दिनुपर्छ।

निष्कर्षमा भन्नुपर्दा, जलवायु परिवर्तन नियन्त्रण र अनुकूलनका लागि हरित प्रविधिमा लगानी गर्नु भविष्यको सुरक्षित आधार हो। यसले वातावरणीय संकटलाई न्यून पार्दै आर्थिक समृद्धि, सामाजिक न्याय र दिगो विकासको बाटो खोल्छ। समयमै कदम चाल्न सके मात्र मानव सभ्यता र पृथ्वीको अस्तित्व सुरक्षित रहन सक्छ।

( उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

 

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x