Banner ad for NADA AUTO SHOW -2026

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट रोकाय र थापा निर्विरोध

3.1K
shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत केन्द्रिय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार खुला युवा क्लस्टरमा उपलब्ध सिट संख्या बराबर नै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्। यससँगै युवा क्लस्टरबाट केन्द्रिय नेतृत्वमा नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित भएको छ।

महाधिवेशनमार्फत पार्टीको आगामी नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको बेला खुला युवा क्लस्टरमा निर्विरोध निर्वाचित भएका रोकाय र थापालाई पार्टीभित्र सक्रिय, संगठन विस्तारमा योगदान पुर्‍याउँदै आएका नेताका रूपमा लिइन्छ। उनीहरूको निर्विरोध निर्वाचनले युवाहरूको भूमिकालाई संस्थागत गर्ने सन्देश गएको नेताहरूको भनाइ छ।

एमाले महाधिवेशनअन्तर्गत विभिन्न पद र क्लस्टरमा निर्वाचन प्रक्रिया जारी रहेको छ भने केही पदमा सहमति र केहीमा प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुने भएको छ।

civil hospital
Hams Hospitals