एमाले ११औँ महाधिवेशनको निर्वाचन ४ बजेपछि मात्रै सुरु हुने
वि.सं.२०८२ पुस १ मंगलवार
1.4K
shares
shares
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनका निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै शुरु हुने भएको छ ।
अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ ।
निर्वाचनका लागि आवश्यक डिजिटल तयारी थालिँदा निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने अनुमान गरिएको छ। यसैले दिउँसो १ बजेदेखि भनिएको मतदान ४ बजेपछि शुरु हुने भएको छ ।
महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिनबाट मतदान प्रक्रिया सञ्चालन गरिने र प्रत्येक मतदाताले भोट हाल्न करिब ३५–४० मिनेट लाग्ने छ ।
































