युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

1.3K
shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–६ बस्ने तथा लमजुङ मध्यनेपाल नगरपालिका–१ घर भएका ३९ वर्षीय सुनिल थापा रहेका छन् ।

प्रहरीका अनुसार थापाले युएई पठाइदिने आश्वासन दिई एक जना पीडितबाट ५ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको भन्ने उजुरी परेको थियो । उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–९ बाट आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

civil hospital
Hams Hospitals