लघुकथा :  आत्मविश्वास

1.1K
shares
Nabil bank

 

 

 

फाल्गुन एक्काइसमा के होला ?

खोई केही भन्न सकिँदैन, मान्छेहरूको विचार बुझ्दा विकेन्द्रित छन् । कोही कता त कोही कता समर्थन बेग्लाबेग्लै छ । घरछिमेक मात्रै होर एउटै परिवारमा पनि मत फरक छ । इतिहास बदल्छ जस्तो छ, यसपालीको चुनावले । राम्रा मान्छे छानीछानी हाम्रोको नारामा गुञ्जयमान भएको छ । हेरौँ, यो दौडमा कल्ले बाजी मार्ला । यसै भन्न सकिन्न ।

 

आगोको छेउमा बसेर ताप लिदैँ गहन भएर परिस्थिति नियाल्दै थिए । पहिलोले विरक्तिएको स्वरमा भन्यो, “जति मत गने पनि नतिजा अर्कैको पोल्टा पर्न बेर छैन । नारा एउटा लगाउँछन् भित्र समर्थन अरूकै रहन्छ ।” उसले खुइय गर्यो ।

 

दोस्रोले हास्यास्पद लवजमा बोल्यो, “कल्ले जितेर के गरेछ खै ? मान्छेका समस्या जिउँका तिउँ छन् । नजितिउन्जेल फुटानी लाउँछन तर जितेसी उहीँ पुरानै पारा दोहोरिन्छ । जनता आजित भएका छन् ।” उसले व्यङ्ग्य कस्यो ।

 

पहिलोले अनुहारमा बनावटी मुस्कान ल्याउँदै, “कस्ले के गर्न सक्छ ? सिष्टमअनुसार जाँदा सबैको साथ सहयोग भएमा बल्ल विकास हुने हो । एउटाले मात्र गर्छु भनेर कहाँ हुन्छ, किन बुझ्दैनन् कुन्नी ?” ऊ किच्च हाँस्यो

 

फेरि फत्फताउँदै, ” खाली नेताले गरेनन् भनेर मात्रै हुदैन क्या । माथिबाट आएको बजेट सही ठाउँ सही तरिकाले सदुपयोग गरे पो हुने हो । सब ठिक छ मात्र भन्ने भित्री सतही समस्या अवगत नगराउँने, तहकिकात छैन अनि मौकामा कसुर नेताकै ठहरिन्छ ।” उसले समसामयिक परिवेश दर्सायो

 

दोस्रोले, “बाह्र वर्ष रामायण पढायो सीता कस्की जोई भन्दा रावणकी भनेझै भएछ राजनीति ? जुन जोगी आए नि कानै चिरेको ।” उसले खिन्नता व्यक्त गर्यो

 

दुबैका कुरा सुनिरहेको तेस्रो कड्किएर बोल्यो, “जतिपनि देशमा युगान्तकारी परिवर्तन भएका छन् ती पुरानैबाट, त्यसै कहाँ हार्छ, हिङ नभएनि हिङ बाँधेको टालो हो, केटा हो ।” ऊ आत्मविश्वासले बोल्यो

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited