बैंक छलेर मालामाल हुने मल्होत्रा
वि.सं.२०८२ चैत ९ सोमवार
shares
काठमाडौँ। विवादित व्यवसायी दिपक मल्होत्राले राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको झन्डै ३ सय अर्व रुपैयाँ कर्जा अपचलन गरेको पाईएको छ।
हुँदै नभएको परियोजनाका लागि भन्दै वाणिज्य बैंकबाट अर्बौं कर्जा लिएका मल्होत्राले उक्त रकम आफ्ना विभिन्न कम्पनी मा विभिन्न बैंकबाट अपचलन गरेको ऋण तिर्न प्रयोग गरेको तथ्य भेटिएको हो।
सिईओ देवेन्द्र रमण खनालको संलग्नतामा बैंकका तत्कालीन अध्यक्षले मल्होत्रालाई सो ऋण दिएका थिए।
मल्होत्राको कम्पनीको ब्यालेन्स सिट क्लियर नभएकोले कागजी रुपमा मिलाएर ल्याउन भन्दै अध्यक्षले मल्होत्रालाई सुझाएको बैंककै एक कर्मचारी बताउँछन्। उनी भन्छन् – जुन कम्पनीमा ऋण प्रवाह भएको छ सो कम्पनीको नेटवर्थ नै नेगेटिभ छ। त्यसमाथि जुन परियोजनाका लागि कर्जा स्वीकृत भएको हो, सो परियोजनाको नक्सा समेत पास भएको छैन।
अध्यक्ष र सिईओको जबर्जस्तीमा उक्त ऋण प्रवाह भएको उनको भनाइ छ। ती कर्मचारीका अनुसार मल्होत्राले सामाखुसीमा अपार्टमेन्ट बनाउने भनेर कर्जा लिएका छन्। तर, उक्त स्थानमा कुनै पनि संरचनाको थालनी समेत गरिएको छैन।
यस सम्बन्धमा राष्ट्र बैंकमा उजुरी समेत पुगेको छ। तर राष्ट्र बैंकले अनुसन्धान गर्नुको सट्टा सिईओलाई बोलाएर स्पष्टीकरण सोधेर मात्र छोडिदिएको छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
राष्ट्रिय वाणिज्य बैंकको कर्जा दुरुपयोग,सुन र हुन्डीमा लगानी !
सरकारी बैंकमै अर्बौं घोटाला: मल्होत्राको कर्जा दुरुपयोगमा अध्यक्ष–सीईओको मिलेमतो खुलासा
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
राष्ट्रिय वाणिज्य बैंकको कर्जा दुरुपयोग,सुन र हुन्डीमा लगानी !





























