सरकारी बैंकमै अर्बौं घोटाला: मल्होत्राको कर्जा दुरुपयोगमा अध्यक्ष–सीईओको मिलेमतो खुलासा

3.9K
shares

काठमाडौँ। सुन काण्डमा डामिएका विवादस्पद व्यापारी दिपक मल्होत्राले बैंकबाट लिएको अर्बौं रुपैयाँ कर्जाको चरम दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ।

 

मल्होत्राले बैंकबाट लिएको रकम प्रोजेक्ट निर्माणमा नभई अन्य ऋण तिर्न र व्यक्तिगत प्रयोजनमा खर्च गरेको भेटिएको छ। राष्ट्र बैंक ऐन र वाफियामा उल्लेखित कर्जा प्रयोग र निगरानी प्रावधानको उल्लंघन गर्दै मल्होत्राले बैंकको कर्जाको दुरुपयोग गरेका छन्।

 

नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट झण्डै तीनसय करोड रुपैयाँ कर्जा लिएका मल्होत्राले उक्त रकम बैंकले तोकेको प्रयोजनमा खर्च नगरी अन्य बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न प्रयोग गरेका छन्। उनले बैंकका तत्कालीन अध्यक्ष दिलिप ढुङ्गाना र सिईओ देबेन्द्र रमण खनाललाई ठूलो रकम बुझाएर, नभएको प्रोजेक्ट देखाएर बैंकबाट अर्बौं रुपैयाँ कर्जा लिएका छन्।

 

मल्होत्राको कार्यले राष्ट्र बैंक ऐन २०५८ र बैंक तथा वित्तीय संस्था ऐन २०७३ (वाफिया) अन्तर्गत कर्जाको दुरुपयोग र बैंकिङ अनियमितता गरेका छन्। राष्ट्र बैंक ऐनले स्पष्ट रूपमा भनेका छन् कि:

बैंकबाट लिएको ऋण निश्चित प्रयोजनमा मात्र खर्च गर्न सकिन्छ।

ऋणको दुरुपयोग भएमा बैंक अधिकारी र ऋण लिने पक्ष दुवैलाई कानुनी कारबाही र दण्ड गर्न सकिन्छ।

 

बैंकले प्रोजेक्टको लगानी र वित्तीय गतिविधि सम्बन्धी रिपोर्ट राष्ट्र बैंकलाई समयमै बुझाउनु अनिवार्य छ। तर, बैंकले उक्त नियमको उलंघन गर्दै मल्होत्राको हुँदै नभएको प्रोजेक्टमा अर्बौं रुपैँया लगानी गरेको देखिन्छ।

 

मल्होत्राले आफ्नो प्रोजेक्टको नक्सा पास नगरीकन, बैंकले तोकेको प्रयोजन बाहिर रकम खर्च गरेका तथ्यले निगरानी र नियमन प्रणालीको कमजोरी उजागर गरेको छ। यस घटनाले वित्तीय संस्थामा पारदर्शिता र जिम्मेवारी कायम गर्न कडा कदम आवश्यक रहेको प्रश्न उठाएको छ।

 

वित्तीय कानुनी विशेषज्ञहरूले सरकार र राष्ट्र बैंकलाई जिम्मेवार अधिकारीलाई कारबाही गर्ने र बैंकिङ प्रणालीलाई सुरक्षित राख्ने सुझाव दिएका छन्। यस प्रकरणमा नियम उल्लंघन भएको स्पष्ट भए पनि अहिलेसम्म दोषी ठहर गर्ने कार्य ढिला भएको आरोप पनि उठेको छ।

civil hospital
Hams Hospitals