लघुकथा : छोराको माया
वि.सं.२०८३ वैशाख १३ आइतवार
shares
“के दिने होला उपहार ?” ऊ क्लेन्डरमा नजर जुधाउँदै सोचमा पर्यो
मनमा अनेक तर्कना खेलायो, तर टुङ्गो लगाउँन सकेन, “कपडा दिऊ कि होइन, त्यो सधैं दिइरहने चिज हो । विशेष के छ, जसले आमाको माया अनि नयाँपन झल्कियोस् ।” ऊ अन्तर्मनमै घोरियो
फेरि फोन गरि सोधू क्यार ! उसले मोबाइलमा घन्टी बजायो । सन्चो बिसन्चो सोध्यो, सदा झै कुराकानी भयो तर खुलदुली मेटाउँन सकेन । आमा छोराको गफ भयो, फोन राख्यो ।
आमा फुरुङ्ग भइन् । बिहान बिहान छोराले फोन गरेकोमा उनको अनुहार पुलकित भएको छ । अष्ट्रेलियाबाट भिडियो कलमा बोल्दा, त्यहाँको परिदृश्य देख्दा उनले छोरा समीपमा भएको आभास गरिन् ।
उसलाई छट्पटी भयो, रातभरि निदाउँन सकेन । कोल्टो फेरिरह्यो, पानी घटघट पियो तर निचोड आएन । एकमनले भन्यो, फोनमा सोधी हेर्छु, फेरि होइन सोध्यो भने पनि आमाले, “केही चाहिदैन मलाई, तिमी सन्चै भए पुग्छ, भन्नुहुन्छ ।” ऊ दोधारमा पर्यो
उसले निधो गर्यो । अनलाइन अडर गर्यो, लोकेसन दियो ।
मातातीर्थ औँसीका दिन बिहानै कसैले बेल बजायो । उनी बाहिर आइन्, अपरिचित मान्छेले केही सामान दियो र भन्दै थियो, “छोराको उपहार आमाबुबाको ठुलो फ्रेमसहितको फोटो अनि बुके ।” उनी चकित परिन्
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर



























