कविता : मन्थन
वि.सं.२०८३ वैशाख २९ मंगलवार
819
shares
shares
लेखेथेँ चिठी लेख्न त
शीतल आभास गर्न
सन्देश पठाएँ तर
हावाको झोको आएन |
थिए होलान् हजार
गल्तीहरू पो यहाँ
पठाएँ सनेस तर
सौगात पोको आएन |
सबलाई खुसी राख्छु
मान सबको गर्छु
आँटिलो छु भन्थे तर
लेखोजोखो भएन |
स्वार्थी जमाना रहेछ
नि:स्वार्थ उसमा खोजेँ
बेचैनी भयो मन
माया चोखो रहेन |
सहेँ अनेक चोट
ज्वारभाट आएँ त्यस्तै
समुन्द्र मन्थन भयो
मनमा धोको रहेन |
अबुझ मनले बुझ्यो
झुठो संसार लीला
देख्यो सत्य आत्माले
मन भोको भएन |
सृष्टिको अद्भूत लीला
चल्नुछ प्रकृति यहाँ
प्रपञ्च रच्यो मायाको
कोही चोखो रहेन |




























