GWM को आफ्नै ‘Dragon Armor Battery’ ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै
वि.सं.२०८३ साउन ५ मंगलवार
shares
काठमाडौं।विश्वभर विद्युतीय सवारीसाधन (EV) को प्रयोग तीव्र रूपमा बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको प्रमुख प्राथमिकता बनेको छ। अधिकांश अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने अभ्यास अपनाइरहेका बेला GWM (Great Wall Motor) भने आफ्नै भगिनी कम्पनी SVOLT Energy मार्फत ब्याट्रीको अनुसन्धान, विकास तथा उत्पादन गर्ने विश्वका सीमित अटोमोबाइल उत्पादकमध्ये एक हो। यसले GWM लाई आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि प्रत्यक्ष नियन्त्रण कायम गर्न सक्षम बनाएको छ।
नेपालमा हालै सार्वजनिक गरिएको GWM ORA 5 EV SUV मा प्रयोग गरिएको Dragon Armor Battery पनि SVOLT Energy द्वारा विकसित तथा उत्पादित अत्याधुनिक ब्याट्री हो। दीर्घकालीन अनुसन्धान, नवीन प्रविधि तथा कठोर परीक्षणपछि तयार गरिएको यस ब्याट्रीले उच्च स्तरको सुरक्षा, उत्कृष्ट कार्यसम्पादन, लामो ड्राइभिङ रेन्ज तथा फास्ट चार्जिङ क्षमतालाई एउटै प्लेटफर्ममा समेटेको छ।
‘Dragon Armor Battery’ नाम यसको विशिष्ट आन्तरिक संरचनाबाट प्रेरित छ। ब्याट्रीभित्रका सेलहरू ड्रागनको खप्टाजस्तै तहगत रूपमा व्यवस्थित गरिएका छन्, जसले विशेष प्रकारको Downward Venting System निर्माण गर्छ। कुनै असामान्य अवस्था वा अत्यधिक तापक्रमका कारण ताप वा आगो उत्पन्न भएमा उक्त प्रणालीले त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई सुरक्षित रूपमा तलतर्फ बाहिर निकाल्ने कार्य गर्छ। यसले यात्रुहरूको सुरक्षाका लागि अतिरिक्त सुरक्षात्मक कवच (Armor) को भूमिका निर्वाह गर्छ।
Dragon Armor Battery ले सुरक्षा मात्र होइन, दैनिक प्रयोगमा पनि उच्च विश्वसनीयता प्रदान गर्छ। यसमा समावेश उन्नत ब्याट्री व्यवस्थापन प्रणाली (Battery Management System) ले ऊर्जा उपयोगलाई प्रभावकारी बनाउँदै ब्याट्रीको आयु बढाउन सहयोग पुर्याउँछ। साथै, विभिन्न मौसम तथा सडक अवस्थाहरूमा समेत स्थिर कार्यसम्पादन कायम राख्ने क्षमता यस ब्याट्रीको अर्को विशेषता हो।
GWM ले आफ्नै प्रविधिमा आधारित ब्याट्री विकास र उत्पादन गर्दै आएको कारण प्रत्येक उत्पादन चरणमा गुणस्तर नियन्त्रण सुनिश्चित गर्न सफल भएको छ। यही प्रतिबद्धताले विश्वव्यापी बजारमा GWM लाई सुरक्षित, भरपर्दो तथा नवीन विद्युतीय सवारी निर्माता ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
नेपालमा GWM ORA 5 EV SUV मार्फत उपलब्ध Dragon Armor Battery ले नेपाली ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा, आधुनिक प्रविधि तथा विश्वसनीय विद्युतीय ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।





























