हाइकुहरू

81
shares

 

१.
आफ्नै हावाले
मनको दीप निभायो
दोष पराई।

२.
ऐना फुट्यो
अनुहार उस्तै रह्यो
भ्रम मुस्कायो।

३.
डाहको आँधी
आत्मदीप निभायो
रात बढ्यो।

४.
दोष अरूको
भन्दै बित्यो जीवन
मन अन्धो भो।

५.
उज्यालो आयो
अन्धकार चिच्यायो
मन हरायो।

६.
मनको युद्ध
शत्रु आफ्नै भित्र
मौन विजेता।

७.
तुलनाको बीउ
दुःखको वन बन्यो
शान्ति हरायो।

८.
अहंकारले
आँखामा धुवाँ भर्‍यो
सत्य हरायो।

९.
भाग्य दोषी
भन्दै थाक्यो मानिस
मन दोषी।

१०.
भित्रको आगो
बाहिर धुवाँ खोज्छ
भ्रम जलिरह्यो।

११.
दीप निभेछ
हावा आफ्नै थियो
रात गहिरो।

१२.
आत्मदर्शन
उज्यालोको पहिलो
पवित्र किरण।

१३.
मन अशान्त
संसार दोषी भो
मिथ्या कथा।

१४.
सत्य ऐना
अहंकार फुट्यो
प्रभात आयो।

१५.
कृतज्ञ मन
शान्तिको मन्दिर हो
प्रेमको दीप।

१६.
ईर्ष्या मर्दा
हृदय फुल्न थाल्यो
सुगन्ध जन्म्यो।

१७.
मौन साधना
आफूलाई जित्नु
साँचो विजय।

१८.
चेतना जागी
अन्धकार भाग्यो
दीप मुस्कायो।

१९.
आफ्नो मन नै
स्वर्ग र नरक हो
रोजाइ हाम्रो।

२०.
दीप जोगाऊ
हावा भित्रै छ नि
शान्ति बचाऊ।

 

civil hospital
Hams Hospitals