सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फोल्ड८ सिरिज सार्वजनिक, एआईसहित स्मार्ट ओनरशिप इकोसिस्टममा जोड
वि.सं.२०८३ साउन २८ बिहीवार
shares
काठमाडौं। सामसङ नेपालले नयाँ पुस्ताको फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड८ र ग्यालेक्सी जेड फ्लिप८ सार्वजनिक गरेको छ। कम्पनीले यससँगै ग्यालेक्सी वाच९ र ग्यालेक्सी वाच अल्ट्रा२ पनि नेपाली बजारमा सार्वजनिक गरेको जनाएको छ।
आठौँ पुस्ताको फोल्डेबल प्ल्याटफर्मले डिजाइन, टिकाउपन, पोर्टेबिलिटी र सफ्टवेयरमा भएका सुधारसँगै नयाँ पुस्ताको ग्यालेक्सी एआई अनुभवलाई केन्द्रमा राखेको सामसङले जनाएको छ।
ठूलो डिस्प्लेसहितका ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा र फोल्ड८ ले एआई प्रयोगका लागि थप कार्यक्षेत्र उपलब्ध गराउने कम्पनीको भनाइ छ। यसबाट प्रयोगकर्ताले एपहरू पटक–पटक परिवर्तन नगरी सामग्री समीक्षा, तुलना, सिर्जना तथा आवश्यक काम गर्न सक्नेछन्। त्यस्तै, ग्यालेक्सी जेड फ्लिप८ ले कम्प्याक्ट फर्म फ्याक्टरमा एआईसँग छिटो अन्तरक्रिया र सिर्जनात्मक अभिव्यक्तिको सुविधा दिनेछ।
नयाँ ग्यालेक्सी वाच सिरिजले कनेक्टेड स्वास्थ्य तथा वेलनेस अनुभवलाई समेत विस्तार गर्ने कम्पनीले जनाएको छ।
प्रिमियम स्मार्टफोन किन्न सहज बनाउने योजना
यसपटकको लन्चमा उत्पादन सार्वजनिक गर्नेसँगै सामसङले अफोर्डेबिलिटी, एक्सेसिबिलिटी र सस्टेनेबिलिटीलाई समेत प्राथमिकतामा राखेको छ।
कम्पनीका अनुसार HFL मार्फत ४० प्रतिशत डाउन पेमेन्टमा २४ महिनाको EMI सुविधा उपलब्ध हुनेछ। योग्य ग्राहकका लागि EMI अवधि ३६ महिनासम्म विस्तार गर्दै डाउन पेमेन्टलाई २० प्रतिशतसम्म घटाउने लक्ष्यसमेत राखिएको छ।
त्यस्तै, ट्रेड–इन बोनस, कनेक्टिभिटी सुविधा तथा योजनामा रहेको रेमिट्यान्ससँग जोडिएको क्यासब्याकले ग्राहकको स्वामित्व लागत घटाउन सहयोग गर्ने कम्पनीको भनाइ छ।
सामसङले अफोर्डेबिलिटीलाई केवल छुटका रूपमा नभई विभिन्न वित्तीय तथा अन्य सुविधाको एकीकृत संयोजनका रूपमा प्रस्तुत गरेको छ।
डिजिटलदेखि रिटेलसम्म एउटै अनुभव
IMS र Him Electronics सँगको ओम्निच्यानल सहकार्यबाट ग्राहकलाई डिजिटल योग्यता जाँच, सुविधा छनोट, प्रि–अर्डर, डेलिभरी तथा Samsung Brand Store बाट उत्पादन प्राप्तिसम्मको प्रक्रिया सहज बनाउने कम्पनीको योजना छ।
ग्राहकले डिजिटल KYC वा रेमिट्यान्स प्रमाणीकरणदेखि खरिद र उत्पादन प्राप्तिसम्म एउटै प्रक्रियाबाट सेवा लिन सक्नेछन्।
पुरानो फोनको मूल्य र ई–वेस्ट व्यवस्थापन
सामसङले नयाँ उपकरण खरिद गर्दा पुरानो उपकरणको मूल्यलाई समेत महत्व दिएको छ। ट्रेड–इनका लागि योग्य उपकरणलाई Apkudo तथा स्थानीय साझेदारको सहकार्यमा परीक्षण, मूल्याङ्कन तथा प्रशोधन गरिने कम्पनीले जनाएको छ।
उपयुक्त उपकरणलाई पुनः मर्मत तथा प्रयोगमा ल्याउन सकिने भएकाले यसले उपकरणको आयु बढाउनुका साथै ई–वेस्ट घटाउन सहयोग पुग्ने सामसङको दाबी छ।
एउटै इकोसिस्टममा विभिन्न साझेदार
सामसङले HFL, eSewa, Ncell, Apkudo, रेमिट्यान्स पार्टनर, IMS तथा Him Electronics लगायतका साझेदारलाई एउटै इकोसिस्टममा जोडेर वित्तीय सुविधा, कनेक्टिभिटी, ट्रेड–इन, रिवार्ड तथा ओम्निच्यानल सेवाको अनुभव दिने योजना अघि सारेको छ।
कम्पनीका अनुसार प्रत्येक साझेदारले ग्राहकको स्वामित्व यात्रामा देखिने फरक–फरक अवरोध हटाउन सहयोग गर्नेछ भने सामसङले यी सबै सेवालाई एकीकृत गर्ने भूमिका निर्वाह गर्नेछ।
सामसङले नेपालमा स्थानीय टेलिभिजन उत्पादनमा Him Electronics सँग सहकार्य गर्दै आएको छ। त्यस्तै, Samsung Innovation Campus मार्फत नेपाली युवालाई कोडिङ, प्रोग्रामिङ तथा एआई क्षेत्रमा आवश्यक सीप विकासमा सहयोग गर्दै आएको कम्पनीले जनाएको छ।
सामसङ नेपालका प्रबन्ध निर्देशक Mr. Chang Uk Jung ले नयाँ Galaxy Z सिरिजमार्फत प्रिमियम प्रविधि ल्याउने मात्र नभई सम्पूर्ण स्वामित्व यात्रालाई स्मार्ट बनाउने उद्देश्य रहेको बताए।
उनका अनुसार अफोर्डेबिलिटी केवल छुटमा सीमित नभई विभिन्न सुविधा र लाभको संयोजन हो भने एक्सेसिबिलिटीले ग्राहकलाई योग्यता जाँचदेखि खरिद र उत्पादन प्राप्तिसम्म सहज अनुभव दिन्छ। सस्टेनेबिलिटीले पहिलो ग्राहकपछि पनि उत्पादनको मूल्य र उपयोगितालाई कायम राख्ने लक्ष्य बोकेको उनले बताए।
अगस्ट १३ देखि प्रि–अर्डर खुला
Samsung Nepal ले नयाँ Galaxy Z सिरिजका लागि VIP र सामान्य प्रि–अर्डर प्याकेज सार्वजनिक गरेको छ। प्रि–अर्डर अगस्ट १३, २०२६ देखि स्टक उपलब्ध रहुन्जेल खुला रहने कम्पनीले जनाएको छ।
VIP प्रि–अर्डर प्याकेजमा रु. ६८ हजारसम्मका लाभ उपलब्ध हुनेछन्। यसमा:
- २ वर्षसम्म निःशुल्क Ncell अनलिमिटेड डेटा तथा भ्वाइस प्याक
- रु. १५ हजारसम्मको एक्सचेन्ज बोनस
- Galaxy Watch9 वा Watch Ultra2 खरिदमा रु. १० हजारसम्म छुट
- Google AI Pro ६ महिनासम्म निःशुल्क, रु. १८,३५१ सम्मको बचत
- निःशुल्क फोन कभर
- शुल्क लाग्ने गरी २ वर्षको अतिरिक्त वारेन्टी
त्यस्तै, सामान्य प्रि–अर्डर प्याकेजमा रु. ५८ हजारसम्मका लाभ उपलब्ध हुनेछन्। यसमा २ वर्षको Ncell अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, रु. १५ हजारसम्मको एक्सचेन्ज बोनस, ६ महिनाको Google AI Pro, निःशुल्क फोन कभर तथा शुल्क लाग्ने अतिरिक्त वारेन्टी समावेश छन्।
सामसङले नयाँ Galaxy Z सिरिजलाई नेपालमा फोल्डेबल प्रविधिको अर्को पुस्ताका रूपमा प्रस्तुत गर्दै एआई, कनेक्टिभिटी, वित्तीय सुविधा, ट्रेड–इन र दिगोपनलाई एउटै स्वामित्व अनुभवमा जोड्ने रणनीति अघि सारेको छ।
“परम्परागत स्मार्टफोनले एआईलाई एउटा झ्याल दिन्छ भने, फोल्डेबलले एआईलाई एउटा कार्यस्थल दिन्छ,” भन्ने अवधारणासहित सामसङले नयाँ सिरिजलाई नेपाली बजारमा अघि बढाएको छ।





























