नेप्से परिसूचक २.२५ अंकले घटेर २,६४१ .५८ बिन्दुमा बन्द,५ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको कारोबार

5K
shares
Nabil bank

काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य घटेको छ। आज नेप्से परिसूचक २.२५ अंक अर्थात् ०.०८ प्रतिशतले घटेर २ हजार ६ सय ४१ दशमलव ५८ अंकमा झरेको छ।

 

आज कुल ५ अर्ब ५२ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार अवधिमा १ करोड १९ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।

 

बजारमा कारोबार भएका कम्पनीमध्ये ७२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

 

कारोबार अवधिमा बजारमा बिक्री चाप तुलनात्मक रूपमा बढी देखिए पनि नेप्से परिसूचकमा भने सामान्य मात्र गिरावट आएको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x