नेप्से परिसूचक २.२५ अंकले घटेर २,६४१ .५८ बिन्दुमा बन्द,५ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको कारोबार
वि.सं.२०८३ भदौ १ सोमवार
126
shares
shares
काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य घटेको छ। आज नेप्से परिसूचक २.२५ अंक अर्थात् ०.०८ प्रतिशतले घटेर २ हजार ६ सय ४१ दशमलव ५८ अंकमा झरेको छ।
आज कुल ५ अर्ब ५२ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार अवधिमा १ करोड १९ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।
बजारमा कारोबार भएका कम्पनीमध्ये ७२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
कारोबार अवधिमा बजारमा बिक्री चाप तुलनात्मक रूपमा बढी देखिए पनि नेप्से परिसूचकमा भने सामान्य मात्र गिरावट आएको हो।





























