सिप्रदीको आधिकारिक सेवा केन्द्र श्री जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा
सिंहदरबार न्यूज
वि.सं.२०८३ असोज ४ आइतवार
81 shares
काठमाडौं । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालिको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले आफ्नो सेवा समय विस्तार गरेको छ।
२०८३ असोज १ गतेदेखि लागू हुने गरी श्री जाल्पादेवी अटोवर्क्सले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि उक्त सर्भिस सेन्टरको सेवा समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म रहेको थियो।
सेवा समय विस्तारसँगै दिनभर सवारी सञ्चालन गर्ने यात्रु तथा मालवाहक व्यावसायिक सवारीका ग्राहकले साँझको समयमा समेत आफ्नो सवारीको नियमित सर्भिस तथा आवश्यक मर्मतसम्भार गराउन सक्ने भएका छन्। ग्राहकको समय, व्यावसायिक आवश्यकता र सवारी सञ्चालनको प्रकृतिलाई ध्यानमा राखेर सेवा अवधि रातिसम्म विस्तार गरिएको सिप्रदीले जनाएको छ।
व्यावसायिक सवारीसाधनको नियमित मर्मतसम्भारमा गुणस्तरीय पार्ट्स तथा लुब्रिकेन्ट्सको प्रयोग महत्वपूर्ण हुने जनाइएको छ। अवैध तथा नक्कली पार्ट्स र लुब्रिकेन्ट्सको प्रयोगले सवारीको इन्जिन, ब्रेक, क्लचलगायत महत्वपूर्ण प्रणालीमा क्षति पुर्याउन सक्ने र त्यसबाट मर्मत खर्चसमेत बढ्न सक्ने भएकाले आधिकारिक सेवा केन्द्रबाट सेवा लिन ग्राहकलाई आग्रह गरिएको छ।
श्री जाल्पादेवी अटोवर्क्समा टाटा कमर्सियल भेहिकलका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, TATA Genuine Spare Parts, दक्ष तथा प्रशिक्षित प्राविधिक लगायतका सुविधा उपलब्ध रहेको सिप्रदीले जनाएको छ। उच्च सुरक्षा मापदण्डलाई ध्यानमा राखेर छिटो, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गरिने बताइएको छ।
विशेषगरी यात्रु तथा मालवाहक व्यावसायिक सवारी सञ्चालन गर्ने ग्राहकका लागि विस्तारित सेवा समयले नियमित व्यवसाय प्रभावित नगरी सवारीको मर्मतसम्भार गर्न सहज हुने अपेक्षा गरिएको छ। दिनको समयमा सवारी सञ्चालनमा व्यस्त रहने ग्राहकले रातिसम्म सेवा लिन सक्ने भएकाले सवारीको डाउनटाइम घटाउन समेत सहयोग पुग्ने कम्पनीको भनाइ छ।
व्यावसायिक सवारीसाधन सञ्चालनमा सवारी लामो समय ग्यारेजमा रहँदा आम्दानीमा प्रत्यक्ष असर पर्ने भएकाले समयमै मर्मतसम्भार गर्नु महत्वपूर्ण मानिन्छ। यही आवश्यकतालाई ध्यानमा राख्दै सेवा समय विस्तार गरिएको सिप्रदीले जनाएको छ।
सिप्रदीका अनुसार टाटा मोटर्स कमर्सियल भेहिकलका ग्राहकलाई बिक्रीपछिको सेवा थप पहुँचयोग्य, सुविधाजनक र ग्राहककेन्द्रित बनाउने प्रयासअन्तर्गत विस्तारित सेवा समय लागू गरिएको हो। नयाँ व्यवस्थाले नियमित सर्भिससँगै आकस्मिक मर्मतसम्भारका लागि समेत ग्राहकलाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।