Samsung Galaxy S26 FE नेपालमा सार्वजनिक, 3x Optical Zoom र नयाँ Galaxy AI सहित
वि.सं.२०८३ असोज ५ सोमवार
shares
काठमाडौं । सामसङ नेपालले Galaxy S26 सिरिजअन्तर्गत नयाँ स्मार्टफोन Galaxy S26 FE नेपाली बजारमा सार्वजनिक गरेको छ। One UI 9 सहित बजारमा आउने Galaxy S26 सिरिजको पहिलो स्मार्टफोनका रूपमा Galaxy S26 FE ले प्रिमियम Galaxy अनुभवलाई थप ग्राहकसम्म पुर्याउने कम्पनीले जनाएको छ।
उच्च क्षमताको क्यामेरा, नयाँ Galaxy AI सुविधा तथा पातलो र हल्का डिजाइनसहित सार्वजनिक गरिएको Galaxy S26 FE दैनिक फोटो खिच्ने, भिडियो बनाउने, सामग्री सिर्जना गर्ने तथा डिजिटल रूपमा कनेक्ट हुने अनुभवलाई सहज बनाउने उद्देश्यले तयार गरिएको सामसङको भनाइ छ।सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ MX प्रणय रत्न स्थापितले Galaxy S26 FE दैनिक जीवनमा प्रयोग हुने सुविधाले अर्थपूर्ण फरक पार्ने गरी डिजाइन गरिएको बताए।उनका अनुसार यसले Galaxy S सिरिजमा उपलब्ध विशेष सुविधालाई थप ग्राहकसम्म पुर्याउनेछ।
Galaxy S26 FE मा सुधारिएको ट्रिपल रियर क्यामेरा तथा उन्नत इमेज प्रोसेसिङ प्रविधि प्रयोग गरिएको छ। यसले स्थिर तस्बिरदेखि तीव्र गतिका दृश्यसम्म महत्वपूर्ण क्षणलाई स्पष्ट रूपमा कैद गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।क्यामेरासँगै फोटो तथा भिडियो एडिटिङलाई पनि सहज बनाइएको छ। नयाँ Galaxy फोल्डेबल स्मार्टफोनमा प्रस्तुत गरिएको My FanCam सुविधा Galaxy S26 FE मा समेत उपलब्ध छ।My FanCam ले भिडियोमा चयन गरिएको व्यक्तिलाई स्वचालित रूपमा ट्र्याक गर्दै फ्रेमको केन्द्रमा राख्न मद्दत गर्छ। चलिरहेको दृश्यअनुसार भिडियोको फ्रेमलाई समेत यसले समायोजन गर्ने कम्पनीको दाबी छ।
त्यस्तै, भिडियो रेकर्डिङका क्रममा Horizontal Lock सहितको Super Steady सुविधाले तीव्र गतिमा भइरहेका गतिविधिको भिडियो अझ स्थिर र सीधा खिच्न सहयोग गर्छ।Galaxy S26 FE मा 3x Optical Zoom समेत उपलब्ध छ, जसले टाढाका विषयलाई गुणस्तरीय रूपमा खिच्न सहज बनाउनेछ।Galaxy S सिरिजमा लोकप्रिय Nightography सुविधाले कम प्रकाशमा समेत उज्यालो तथा स्पष्ट फोटो खिच्न सहयोग गर्नेछ। कठिन प्रकाश अवस्थामासमेत फोटोका विवरणलाई स्पष्ट राख्ने गरी क्यामेरा प्रणालीलाई सुधार गरिएको सामसङले जनाएको छ।
Galaxy S26 FE मा One UI 9 उपलब्ध छ। नयाँ अपरेटिङ इन्टरफेससँगै दैनिक कामलाई सहज बनाउने विभिन्न context-aware Galaxy AI सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ।Galaxy AI ले प्रयोगकर्ताको दैनिक गतिविधि र आवश्यकताअनुसार उपयोगी जानकारी उपलब्ध गराउन तथा विभिन्न कामलाई व्यवस्थित गर्न सहयोग गर्नेछ।Galaxy S25 सिरिजमा प्रस्तुत गरिएको Now Brief सुविधालाई Galaxy S26 FE मा थप व्यक्तिगत बनाइएको छ। प्रयोगकर्ताले आफ्नो आवश्यकता र रुचिअनुसार मौसम, स्वास्थ्यलगायत विभिन्न जानकारी समावेश भएका briefing card रोज्न सक्नेछन्।
त्यसैगरी, सामान्य निर्देशन प्रयोग गरेर प्रयोगकर्ताले आफ्नै briefing card समेत बनाउन सक्ने सुविधा उपलब्ध गराइएको छ। यसले दिनभरि आवश्यक जानकारीलाई अझ व्यवस्थित र उपयोगी ढंगले प्रस्तुत गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ।
सामसङ नेपालका अनुसार Galaxy S26 FE को 8GB RAM र 256GB स्टोरेज भएको मोडल नेपाली बजारमा उपलब्ध हुनेछ।यसको मूल्य रु. १ लाख १९ हजार ९९९ तोकिएको छ। स्मार्टफोन Pistachio, Graphite र Blueberry गरी तीन रंगमा उपलब्ध हुनेछ।ग्राहकका लागि १२ महिनाको EMI सुविधा रु. ६,००० मासिकबाट तथा २४ महिनाको EMI सुविधा रु. ३,२५६ मासिकबाट सुरु हुने कम्पनीले जनाएको छ।
Galaxy S26 FE को मूल्य तथा EMI विवरण
| विवरण | जानकारी |
|---|---|
| मोडल | Galaxy S26 FE (8GB/256GB) |
| रंग | Pistachio, Graphite, Blueberry |
| RRP | रु. १,१९,९९९ |
| १२ महिनाको EMI | रु. ६,००० प्रति महिना |
| २४ महिनाको EMI | रु. ३,२५६ प्रति महिना |
Galaxy S26 FE को खरिदमा ग्राहकलाई थप लाभ उपलब्ध गराउन सामसङ नेपालले विभिन्न अफर सार्वजनिक गरेको छ।एक्सचेन्ज बोनस: पुरानो स्मार्टफोन एक्सचेन्ज गर्दा ग्राहकले रु. ८,००० सम्मको थप एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। यसले नयाँ फोन खरिद गर्दा आवश्यक डाउन पेमेन्टको रकम घटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।
Google AI Pro Subscription: Galaxy S26 FE खरिद गर्ने ग्राहकले रु. १८,३५१ मूल्य बराबरको ६ महिनाको Google AI Pro Subscription निःशुल्क प्राप्त गर्नेछन्।EMI सुविधा: ग्राहकले २४ महिनासम्मको सजिलो EMI सुविधा लिन सक्नेछन्। यसको मासिक किस्ता रु. ३,२५६ बाट सुरु हुनेछ।नयाँ Galaxy S26 FE मार्फत सामसङले Galaxy S सिरिजका क्यामेरा, AI, डिजाइन तथा स्मार्ट अनुभवलाई तुलनात्मक रूपमा थप ग्राहकसम्म विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।































