नेप्से ३६ अंकले घट्यो, कारोबार ६ अर्बमाथि

5.8K
shares
Nabil bank

 

काठमाडौं । साताको कारोबारको क्रममा धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घटेर २ हजार ६१८ दशमलव ०३ बिन्दुमा झरेको हो।

ठूला तथा प्रमुख कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ बिन्दुमा कायम भएको छ। त्यस्तै, फ्लोट परिसूचक २ दशमलव ६० अङ्कले घटेर १८० दशमलव ३९ तथा सेन्सेटिभ फ्लोट परिसूचक २ दशमलव १९ अङ्कले घटेर १५७ दशमलव ८० बिन्दुमा पुगेको छ।

आज बजारमा २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।

कारोबार भएका १३ वटै उपसमूहको सूचक घटेको छ। समग्र बजारमा २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

आज धौलागिरी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त संस्था र निफ्रा ग्रीन डिबेञ्चरलगायतका लगानीकर्ताले कमाएका छन्। यता फष्ट माइक्रोफाइनान्स लघुवित्त, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र कालिका लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले भने गुमाएका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x