जापानबाट बाढीपीडितका लागि ३ दिनमै ९ लाख बढी सहयोग

2.6K
shares
Nabil bank

 

फुकुओका, जापान । नेपालमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जापानस्थित CODO International College ले ३ दिनमै ९ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन गरेको छ।

जापानको फुकुओका–तोसुस्थित CODO International College तथा CVG Group को पहलमा बाढीपीडित नेपालीका लागि रु. ९ लाख १ हजार ६५ सहयोग रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।

मातृभूमि नेपालमा आएको विपत्तिमा सात समुद्रपारि रहेर पनि नेपाली नागरिकको पीडालाई आफ्नै पीडाका रूपमा आत्मसात् गर्दै छोटो समयमै उल्लेखनीय सहयोग जुटाइएको हो। कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूको सहभागितामा उक्त रकम संकलन गरिएको बताइएको छ।

सहयोग संकलनमा कलेजका प्रिन्सिपल श्री Yamamoto को नेतृत्व तथा प्रेरणाले महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ। त्यस्तै, नेपाली विद्यार्थी कुशल डोटेल लगायतका नेपाली विद्यार्थीहरू पनि सहयोग संकलनमा सक्रिय रूपमा सहभागी भएका थिए।

विपद्को कठिन घडीमा नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको भन्दै CODO International College, CVG Group, प्रिन्सिपल Yamamoto, नेपाली विद्यार्थी कुशल डोटेललगायत सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा कलेज परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।

दुःख र विपत्तिको समयमा पीडितको साथमा उभिँदै मानवीय सहयोग गर्नु नै सच्चा मानवताको उदाहरण भएको भन्दै कलेजको यस पहलको प्रशंसा गरिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x