चार प्रजिअसहित आठ कर्मचारीको सरुवा, गुल्मी र डोटीमा नयाँ सीडीओ

252
shares

काठमाडौं । गृह मन्त्रालयले चार प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित पाँच सहसचिव र तीन उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ।मन्त्रालयले असोज १२ गते गरेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका आठ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।

सरुवाअनुसार रामेछापकी प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालय वा अन्तर्गत पठाइएको छ। यस्तै, प्युठानका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईँलाई सिरहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। त्यसैगरी कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको मन्त्रालयले जनाएको छ।त्यस्तै, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।

उपसचिवतर्फ डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।यसैगरी, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत उपसचिव भक्तिराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई भने गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।यससँगै गृह प्रशासनअन्तर्गत विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा हेरफेर भएको छ।

civil hospital
Hams Hospitals