गृह मन्त्रालयद्वारा ५१ कर्मचारीको सरुवा

183
shares

काठमाडौं । गृह मन्त्रालयले ५१ जना कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयले आज असोज १३ गतेको निर्णयअनुसार विभिन्न कार्यालय तथा निकायमा कार्यरत ५१ कर्मचारीको सरुवा गरेको हो।

मन्त्रालयका अनुसार प्रशासनिक आवश्यकता तथा कर्मचारी व्यवस्थापनलाई ध्यानमा राख्दै उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवा हुने कर्मचारीहरूमा विभिन्न तह र पदमा कार्यरत कर्मचारीहरू रहेका छन्।

सरुवा भएका कर्मचारीले तोकिएको नयाँ जिम्मेवारीअनुसार कार्यभार सम्हाल्ने मन्त्रालयले जनाएको छ।

civil hospital
Hams Hospitals