गल्छी– ६ का बाढी प्रभावित ६० परिवारलाई न्यानो कपडा वितरण
वि.सं.२०८३ असोज २४ शनिवार
shares
धादिङ। गोनेसा कास्की, पोखराको सहयोग तथा चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज (सिड्स) नेपालको समन्वयमा धादिङको गल्छी गाउँपालिका वडा नं ६ महेशदोभानका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
बाढीबाट प्रभावित ६० परिवारलाई डसना, सिरक, तन्ना, ब्ल्याङ्केट, तकिया तथा म्याट वितरण गरिएको हो। त्यसैगरी, प्रभावित क्षेत्रका ५२ जना बालबालिकालाई चिसोबाट सुरक्षित राख्न न्यानो कपडासमेत वितरण गरिएको छ।
राहत वितरण कार्यक्रममा गोनेसा कास्कीका अध्यक्ष रामप्रसाद सुवेदी, सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रूपाखेती, सिड्स नेपालका सचिव दिलबहादुर रम्तेल तथा स्थानीय शिव भण्डारीको सक्रिय सहभागिता रहेको थियो।
विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने तथा बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको हो। यस सहयोगले प्रभावित परिवारलाई कठिन परिस्थितिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।






























