समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : अध्यक्ष ओली

464
shares
Nabil bank

 

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन् । उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनुपर्नेमा जोड दिएका छन् ।

 

नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा नीति निर्माण गर्नुपर्ने बताए । उनले पार्टीका विषयगत विभागहरूलाई समेत अनुसन्धानमा आधारित भएर आ–आफ्नो क्षेत्रका नीति निर्माण गर्न आग्रह गरिएको जानकारी दिए ।

 

उनले भने, ‘ समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक छ । देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनुपर्छ । पार्टीका विषयगत विभागहरूले पनि अनुसन्धान र तथ्यमा आधारित भएर आ–आफ्नो क्षेत्रका नीति निर्माण गर्नुपर्छ ।’

 

ओलीले नीति निर्माण गर्दा वर्तमान समस्याको समाधान मात्र नभई भविष्यलाई समेत ध्यान दिनुपर्ने बताए । कृषि, पूर्वाधार विकास, अर्थतन्त्र र परराष्ट्र नीतिलगायतका क्षेत्रमा दीर्घकालीन दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

 

उनले राज्यको मुख्य उद्देश्य जनताको जीवनस्तर उकास्नु, गरिबी न्यूनीकरण गर्नु र नागरिकलाई आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु रहेको बताए । जातीय आधारमा आरक्षणको विषयमा चर्चा गर्दै उनले जनताको आम्दानी बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक अवस्था सुधार्ने विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

 

‘रोजगारी भनेको काम गरेको समय गनेर मात्र हुँदैन, त्यसबाट प्राप्त हुने आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्नुपर्छ,’ ओलीले भने ।

 

ओलीले मानवतावाद, समानता, न्याय, सुरक्षा, समृद्धि र सम्मानजनक जीवनलाई आफूहरूले परिकल्पना गरेको समाजवादको आधारका रूपमा व्याख्या गरे । उनले राजनीतिक अधिकारमा मात्र सीमित नभई नागरिकका आर्थिक तथा सामाजिक अधिकारसमेत सुनिश्चित हुने लोकतन्त्र आवश्यक रहेको बताए ।

 

अध्यक्ष ओलीले नीति निर्माणका लागि समाजका विभिन्न तहका नागरिक, बुद्धिजीवी तथा विषयविज्ञसँग छलफल र परामर्श गर्नुपर्ने बताए । अनुसन्धानबिनाको नीति मनोगत हुने र त्यसले अपेक्षित परिणाम दिन नसक्ने उनको भनाइ थियो ।

 

उनले विगतका अनुभव, वर्तमान परिस्थितिको विश्लेषण र भविष्यका आवश्यकतालाई समेटेर नीति निर्माण गर्नु प्रतिष्ठानको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरे ।

 

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्न विभिन्न क्षेत्रको अध्ययन गरी कुन क्षेत्रमा के गर्नुपर्छ भन्ने पहिचान गर्नुपर्ने उनले बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x