कलात्मक मूर्ति विसर्जनमा भक्तजनको उत्साहजनक सहभागिता
वि.सं.२०८३ कात्तिक ९ सोमवार
shares
इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाटमा रहेको दुर्गा मन्दिरमा बिजया दशमीको अवसरमा निर्माण गरिएको माटोको कालात्मक दुर्गा भवानीसहित अन्य देवीदेवताको मुर्ति बिसर्जन गरिएको छ ।
धार्मिक अनुष्ठानका लागि स्थापना गरिएको देवी दुर्गासहित अन्य देवी–देवताका मुर्तिको विधिपूर्वक विसर्जन गरिएको स्थानीय वादल साहले जानकारी दिए ।
हिन्दू परम्परा अनुसार विजया दशमीको समापनपश्चात् कोजाग्रत पूर्णिमाका दिन विशेष पूजाआराधना र सांस्कृतिक कार्यक्रमसहित बिहीबारे हाटमा राखिएका मुर्तिलाई कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा लगेर विसर्जन गरिएको उनले बताए । विसर्जनका क्रममा ठूलो संख्यामा भक्तजनको सहभागिता थियो ।
भक्तजनहरूले बाजागाजा, नाचगान र धार्मिक भजनका साथ हर्षोल्लासपूर्वक मुर्तिलाई जलासयसम्म पुर्याएका थिए । मुर्ति विसर्जन गरेसँगै यस वर्षको दशैंको औपचारिक धार्मिक कार्यक्रम सम्पन्न भएका छन् ।
स्थानीय आयोजक समितिले शान्तिपूर्ण र व्यवस्थित रूपमा मसर्ति विसर्जन कार्य सम्पन्न भएको जनाएको छ ।


































