मन्त्रिपरिषद्को निर्णय बिवादमा

4.4K
shares
Nabil bank

 

स्याङ्जा । स्याङ्जाको मध्यभागमा पर्ने वालिङ् र आसपासका क्षेत्रको सुरक्षालाई दृष्टिगत गर्दै २०६० सालमा यहाँ स्थापित सशस्त्र प्रहरी बलको जग्गा ब्यबस्थापन गर्न गत असौज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बिवादमा परेको छ ।

पूर्णामृत भवानी माविको स्वामित्वको कित्ता नम्बर ४८२ को २९–५–२–१ क्षेत्रफलको जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । विद्यालयको सहमति बिना थालनी गरिएको प्रक्रियाप्रति आपत्ति प्रकट गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेलाई विद्यालयको तर्फबाट बिरोधपत्र बुझाईएको छ ।

विद्यालयलाई उक्त जग्गा दाताबाट प्राप्त भएको र आगामी दिनमा विद्यालयले मेडिकल , बनबिज्ञान , ईन्जिनियरिङ , कृषि , बायो ईन्जिनियरिङ लगायतका बिधाका कक्षा संचालन गर्ने योजना बनाएकोले जग्गा दिन नसकिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेसंग अबको प्रक्रिया बारे जिज्ञासा राख्दा प्रारम्भिक प्रक्रिया शुरु भएकाले सशस्त्र प्रहरी उपरीक्षकको प्रतिबेदन प्राप्त भएपछि १५ दिने सार्वजनिक सूचना जारी गरिने र प्राप्त सुझाव र उजुरीका आधारमा रायसहित गृहमंत्रालय फाईल पठाईने जानकारी दिएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
जय नेपाल
जय नेपाल
27 days ago

कांग्रेस एमाले माओवादी को सरकार हुन्थ्यो भने विद्यालय ले जग्गा दिन्थ्यो।रास्वपा सरकार भएकालेे नदियेको हो भन्ने स्पष्ट छ।वालिङ को सुरक्षा जिम्मा विद्यालय ले लिनुपर्यो।पहिला दिने अहिले नदिने राजनीति पुर्वाग्रह बाहेक अरु केही होइन ।

1
0
Would love your thoughts, please comment.x
()
x