डोल्पाको शे–फोक्सुण्डोमा हिमपात, नाङखोङ आसपास एक फिट हिउँ जम्यो

638
shares
Nabil bank

 

सुर्खेत । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका क्षेत्रमा हिमपात भएको छ । गाउँपालिकाको नाङखोङ भिजेर आसपास क्षेत्रमा गए रातिदेखि निरन्तर हिमपात भइरहेको हो ।

स्थानीयका अनुसार हिजो राति करिब ९–१० बजेदेखि सुरु भएको हिमपात आज बिहानसम्म जारी रहेको छ । आज बिहान ९ बजेसम्म उक्त क्षेत्रमा करिब एक फिट हिउँ जमिसकेको छ ।

निरन्तर हिमपात भएपछि त्यस क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने देखिएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्नुका साथै आवतजावतमा समेत समस्या हुने गर्दछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x