यस्ता छन् आजको क्याविनेटका ६ निर्णय
वि.सं.२०८३ कात्तिक १७ मंगलवार
shares
काठमाडौं । मन्त्रिपरिषद् बैठकले एडीबीको ऋण स्वीकृत, नेपाल रिइन्स्योरेन्सको हकप्रद सेयर, अध्यादेश सिफारिसलगायतका निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले क्याविनेटका यी ६ निर्णय सार्वजनिक गरेका छन्-
– एसियाली विकास बैंक (ADB) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।
– नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको तर्फबाट थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने।
– न्यानो फर्टिलाइजर, बायो-स्टिमुल्यान्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश स्वीकृत गर्ने।
– टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन (COP) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।
– मोही लागेको जग्गाको जग्गाधनी र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिने तथा टुंगो लगाउने म्याद क्रमशः २०८५ कात्तिक र २०८६ असारसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने।
– प्रेस काउन्सिल नेपाल २०४७ लाई संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।































