नापी विभागले गरेको ८७५ कर्मचारीको सरुवा भूमि व्यवस्था मन्त्रालयद्वारा बदर

319
shares
Nabil bank

 

काठमाडौं । नापी विभागले केही समयअघि गरेको ८७५ जना कर्मचारीको सरुवा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बदर गरेको छ।

विभागले नापी अधिकृत, सर्वेयर र अमिनलगायतका कर्मचारीको विभिन्न कार्यालयमा गरेको सरुवा मन्त्रालयले बदर गरेको हो।

विभागले गरेको सरुवाका विषयमा व्यापक गुनासो तथा असन्तुष्टि आएपछि मन्त्रालयले सरुवा बदर गर्ने निर्णय गरेको भूमि व्यवस्था मन्त्रालयका एक उपसचिवले जानकारी दिए।

ती उपसचिवका अनुसार सरुवामा देखिएका विवाद र कर्मचारीबाट प्राप्त गुनासोलाई आधार बनाएर मन्त्रालयले विभागको निर्णय उल्ट्याएको हो।

८७५ जना कर्मचारीको सरुवा एकैपटक बदर भएपछि नापी विभागको सरुवा प्रक्रिया र त्यसमा अपनाइएको मापदण्डमाथि समेत प्रश्न उठेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x