केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले ‘गुण्डागर्दी’ चलाएको आरोप: प्रचण्ड

1.3K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले ‘गुण्डागर्दी’ चलाएको आरोप लगाएका छन् ।

 

कार्यकर्ता भेलालाई सम्बोधन गर्न बारा सिमरा पुगेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपतिलाई त्यस्तो आरोप लगाएका हुन् ।त्यस्तै कुनैपनि हालतमा निर्वाचन नहुनेमा आफूहरु ढुक्क भएको उनको दाबी छ ।

 

सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने( ‘संसद पुनर्स्थापना नहुुने अवस्था आयो भने सरकारले तोकेको समयमा निर्वाचन हुन्न । किनभने ६४ प्रतिशतको जनमत आफूहरूसँग रहेको छ हामी जनता र पार्टी दुबैमा आफूहरु अब्बल छौं। त्यसैले चुनाव हुनेमा आफूहरूलाई रतिभर विश्वास छैन।’

 

त्यस्तै संसद विघटन सदर नभएरमा देश अन्धकारमा जाने चिन्ता व्यक्त गरेका छन् ।साथै निर्वाचन आयोगले दुई भागमा विभाजित कुन नेकपालाई आधिकारिकता दिने भन्ने विषयमा दोधार भएकोले नै निर्णय दिन नसकेको बताए ।

civil hospital
Hams Hospitals