माधवकुमार नेपालले प्रतिनिधि सभा पुनःस्थापना भएपछि ‌ओली युगको अन्त्य भएको बताए: माधवकुमार नेपाल

1.7K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा पुनःस्थापना भएपछि ‌ओली युगको अन्त्य भएको बताएका छन्।

 

मंगलबार साँझ सर्वोच्च अदालतले संसद पुनःस्थापना भएको फैसला गरेपछि नेपालले पत्रकार सम्मेलन गर्दै ओली युगको अन्त्य भएको बताएका हुन् ।

 

चितवनमा पत्रकार सम्मेलनका क्रममा अध्यक्ष नेपालले भने, ‘ओलीयुगको अन्त्य भयो। सत्यको जित भयो। न्यायको जित भयो। नेपाली जनताको जीत भयो।’

 

प्रधानमन्त्री केपी शर्मा ओली माफीको समेत लायक नभएको भन्दै उनले बुधबार हुने आमसभालाई विजय उत्सवका रुपमा मनाइने बताएका छन्।

civil hospital
Hams Hospitals