प्रतिनिधि सभाको बैठक आज बस्दै, यी हुन् सम्भावित कार्यसूची
वि.सं.२०७८ फागुन १७ मंगलवार
shares
काठमाडौँ। आज (वुधवार) प्रतिनिधि सभाको बैठक बस्दैछ । आजका लागि तय गरिएको प्रतिनिधि सभाको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । एमसीसी अनुमाेदन पछि पहिलो पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे ।
संघीय संसद्का महासचिव डा.भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।
आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
साथै नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।































