नेप्से परिसूचकमा झिनो अंककाे देखियाे सुधार
वि.सं.२०७८ फागुन २३ सोमवार
14.7K
shares
shares
साताको दोस्रो दिन नेप्से परिसूचकमा झिनो अंकले सुधार देखिएको छ । आज नेप्से परिसूचक सोमबार १ दशमलव ५४ अंकले वृद्धि भएर बन्द भएको छ ।
हिजाे (आइतबार) घटेकाे नेप्से आज भने झिनो अंकले सुधार आएको हो । नेप्सेमा आज ७५ कम्पनीले नाफा कमाएका छन् भने एक सय ४३ कम्पनी गुमाएका छन् ।
आज बजार खुलेको केही समयमा २३ अंकले बढेर २५ सय ६६ अंक पुगेको बजार दिनको अन्तिममा घटेर १ दशमलव ५४ अंकको सामान्य सुधार आएर बन्द भएको छ ।
सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकमको कारोबार भएको छ । आज आइतबारभन्दा ११ करोड बढीको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै शिभम सिमेन्ट र नेपाल टेलिकमको सेयर कारोवार भएको छ भने लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीहरुले धेरै रकम गुमाएका छन् ।
Subscribe
0 Comments
Oldest






























