प्रतिनिधि सभा बैठक : चैत २ गतेसम्मका लागि स्थगित
वि.सं.२०७८ फागुन २९ आइतवार
16.1K
shares
shares
प्रतिनिधि सभाको बैठक २ चैतमा बस्नेगरि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् ।
आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको हाे ।
त्यस्तै, आजकाे बैठकमा पनि एमाले सांसदहरूले अवरुद्ध गरेका थिए । सांसदको नाराबाजीबीच सभामुख सापकोटाले संसदको कार्यसूची अघि बढाएका हुन् । सापकोटाले संसदमा कायम अवरोध हटाउन आजको बैठकमा रुलिङ गरेका थिए ।
Subscribe
0 Comments
Oldest































