‘म साधारण सदस्य पनि होइन नेकपाको, अदालतले भन्यो म कुन पार्टीको प्रधानमन्त्री

1.2K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबारे जान्न सर्वोच्च अदालतलाई सोध्न व्यङ्ग्यात्मक आग्रह गरेका छन् ।

 

सोमबार काठमाडौंमा आयोजित १११औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । ‘उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभएको थियो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘म साधारण सदस्य पनि होइन नेकपाको, अदालतले भन्यो म कुन पार्टीको सदस्य हो भनेर । कुन पार्टीको अध्यक्ष हो भनेर अदालतले भनेको सुन्नुभएन ?’

 

यसअघि आइतबार शुरु भएको पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा विपक्षी नेकपाका नेता भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो ?’ भनि प्रश्न गरेका थिए । रावललाई जवाफ दिने इरादास्वरुप प्रधानमन्त्री ओलीले यस्तो व्यङ्ग्यात्मक आग्रह गरेका हुन् ।

 

यस्तै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुले धामी नाच देखाएको पनि बताएका छन् । प्रमख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुप्रति इङ्गित गर्दै बोलेका प्रधानमन्त्रीले भनेका छन्, ‘हिजो गज्जबको सेटिङ् देखियो । के भन्दाखेरि एसिड आक्रमणकारीलाई सजाय गर्ने अध्यादेश पेश हुन नदिने । नाराबाजी गर्या छ, उफ्र्या छ । धामी नाँच हो कि, के हो बुझ्नै सकिएन ।’

civil hospital
Hams Hospitals