मध्यपुर ठिमि नगरपालिकामा ५४६ घरपरिवारलाई लालपूर्जा वितरण

1.5K
shares

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर ठिमि नगरपालिको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गर्नु भएको छ । 

मध्यपुर ठिमि नगरपालिका वडा नंम्बर ६ र ७ तथा साविकको वडा नं. ६ र ८ को गाउँब्लकमा रहेका भूमिविहिनहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम अगाडी बढाइएको जानकारी दिनुभयो ।

मध्यपुर ठिमि नगरपालिकाको गाउब्लकमा रहेका ५४६ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ ।

मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गर्नु भयो ।

मन्त्री श्रेष्ठले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यबस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको पनि बताउनु भयो ।

उपत्यका र विशेष गरी भक्तपुरमा रहेका स्वबासी र बेनिस्साको समस्या समाधान गर्न प्रक्रिया शुरु गरिसकेको भन्दै मन्क्री श्रेष्ठले मुत्त कमैया, कमलरी, हरुवा र चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको र प्रतिवेदनले दिने सुझाव अुनसार काम अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि शहिद, वेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम केही समयमा नै शुरु गरिने पनि बताउनु भयो ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी र चितवन र काठमाडौंको किर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरण गरिसक्नुभएको छ ।

मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १४ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरि सकिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुर्जा वितरण अभियान तिब्र पारिएको छ ।

civil hospital
Hams Hospitals