लोसपा : केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
वि.सं.२०७८ चैत १५ मंगलवार
20K
shares
shares
काठमाडौं । उपेन्द्र यादव समूहबाट अलग महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेकाे छ ।
बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिकाे लागि बैठक आव्हान गरिएको हाे ।
पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल हुने जनाइएको छ।
‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समयसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ,’ सदस्य केशव झाले भने ।
उपेन्द्र यादवसँग अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्रै बाँकी छन् ।
Subscribe
0 Comments
Oldest
































