चुनावी तालमेलमा सहमति, सिट बाँडफाँटमा विमति

2.7K
shares

सत्ता गठबन्धनमा आबद्ध दलबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटमा विमति देखिएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पार्टीको हैसियतअनुसार सिट बाँडफाँट गर्नुपर्ने सर्त अघि सारेसँगै गठबन्धनमा आबद्ध चार दलले विमति जनाएका हुन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार बसेको निर्वाचन अनुगमन तथा तयारी समितिको पहिलो बैठकमा पाँच दलले सिट बाँडफाँटको मापदण्डबारे फरक-फरक प्रस्ताव अघि सारेका छन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले आफूअनुकूल तालमेल प्रस्ताव अघि सारेका छन्।

सत्ता गठबन्धनको ठूलो दल कांग्रेसले गत निर्वाचनमा प्रमुख जसले जहाँ जितेको छ, उसले लिने र एमालेसहित अन्य दलले जितेको ठाउँमा दोस्रो धेरै मत पाएको दलले प्रमुख, तेस्रो धेरै मत पाउनेले उपप्रमुख लिने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव माओवादीसहित अन्य दलले स्वीकार नगर्ने चेतावनी दिन शुरू गरेका छन्। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals