खाेसियाे माधव नेपाल पक्षका नेताकाे जिम्मेवारी
वि.सं.२०७७ फागुन २८ शुक्रवार
shares
काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको अध्यक्ष ओली पक्षको अनौपचारिक बैठकले यसअघि विभिन्न जिम्मेवारीमा रहेका नेता माधव नेपाल पक्षका नेताको जिम्मेवारी खोसेर आफ्नो पक्षका नेतालाई जिम्मेवारी दिएको हो ।
बैठकले एमालेको संगठन विभाग प्रमुखबाट माधव नेपाललाई हटाएर राजन भट्टराईलाई तोकिएको छ । त्यस्तै, सातै प्रदेशका इन्चार्जमा ओली पक्षका नेतालाई मात्र जिम्मेवारी दिइएको छ । यसैगरि पार्टीकाे प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेकाे नेता सुवास नेम्वाङ्गले मकालुखबरलाई जानकारी दिनुभयो ।
तर यसअघि एमालेकाे केन्द्रीय समितिकाे बैठक चैत १ मा बस्ने बताइएकाे थियाे । नेता माधव नेपाल पक्षले भने आजकाे बैठकबारे केही जानकारी नभएकाे बताएकाे छ ।
बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित अन्य २३ माओवादी नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
यसपछि माओवादीसँग एकता गर्दा मनोनीत भएका ४२ जना स्वतः एमाले केन्द्रीय सदस्य बनेका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय बनेको छ ।




























