आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताए

1.2K
shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताए । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न बुटवल पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो।

 

संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे देशमा ठूलो बहस भइरहेकोले सचेत हुनुपर्ने बताएका अध्यक्ष प्रचण्डले भनेका छन्, ‘जरूरी पर्यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ भनि बताए ।’

 

यस्तै अध्यक्ष प्रचण्डले दलित, मधेशी, आदिवासी जनजाति, मुश्लिमलगायतले पाएका अधिकारबाट पछाडि फर्कने त होइन भन्ने शंका लागेको पनि बताएका छन् । ‘मलाई कता–कता यस्तो शंका पनि लाग्ने गरेको छ,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘अब हामीले लडेरै भएपनि संविधान र सम्प्रभुताको रक्षा गर्नुपर्छ ।’

 

यस्तै अध्यक्ष प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई कुल्चेर तानाशाही प्रवृत्ति देखा परे त्यो जनताले स्वीकार नगर्ने बताए ।

civil hospital
Hams Hospitals