सगरमाथा आरोहण गर्ने प्रथम महिला पत्रकारलाई सम्मान
वि.सं.२०७७ चैत ४ बुधवार
21.1K
shares
shares
काठमाडौं । सगरमाथा आरोहण गर्ने पहिलो महिला पत्रकार सम्मानित भएकी छिन् । सगरमाथाको आरोहण गर्न सफल पहिलो महिला पत्रकार कल्पना महर्जनलाई ललितपुर महानगरपालिकाको १०० बर्षको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
कल्पना महर्जन वल्ड बुक अफ रेकर्ड विश्वको पहिलो महिला पत्रकार आफ्नो नाम लेखाउन सफल भएकि एक साहसिक नारी बनेकी छिन् । २०१४ मा पहिलो पटक असफल भएपछि उनले पुन शिक्षा मार्फत बालविवाहको अन्त्य नारालिएर सगरमाथा आरोहण गरेकी हुन् । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका मेयर चिनिवावु महर्जनले भने महिलाले चाहे भने के गर्न सकिन्छ भन्ने यो पनि एउटा महत्वपूर्ण उदाहरण भएको बताए।
Subscribe
0 Comments
Oldest
































