बालेनसँग रुष्ट महेश बस्नेत भन्छन्ः डोजर चलाउन रहर भए ड्राइभर बन्नुहोस्

19.1K
shares
Nabil bank

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले पछिल्लो समय अवैधानिक रुपमा बनेका संरचनाहरु भत्काउने अभियान सुरु गरेका छन्।

तर त्यस कार्यबाट नेकपा एमालेका युवा नेता महेश बस्नेत खुशी छैनन्। उनले पछिल्ला दिनहरुमा मेयर बालेनको आलोचना गरिरहेका छन्।

यसबीचमा उनले आफ्नो फेसबुक पेजमा भनेका छन्,‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो। तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ। मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला।’

 

बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो। पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए।

 

‘तपाइँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला। हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ। यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले भनेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x