महेश बस्नेत र रेशम चौधरीबीच कारागारमा भेट

999
shares

 

काठमाडौं, नेकपा एमालेका नेता महेश बस्नेत र जेलमा रहेका जनता समाजवादीका सांसद रेशम चौधरीबीच डिल्लीबजार कारागारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका खास मानिने बस्नेतले चौधरीलाई शुक्रबार बिहान कारागार पुगेर भेटेका हुन्।

 

चौधरीको मुद्दा फिर्ता लिने विषयमा सरकार सकारात्मक रहेको र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि वार्ता परिणाममुखी भइरहेको बेला यो भेटलाई सत्ता समीकरणसँग जोडेर हेरिएको छ। उक्त भेटलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ।

 

सरकारले चौधरीमाथि लगाइएको मुद्दा फिर्ता लिँदै अदालतको फैसला पुनरावलोकनका लागि पनि प्रक्रिया अघि बढाउनेछ। जसपाले चौधरीको रिहाई र प्रतिनिधि सभामा सहभागीतलाई सत्ता समीकरणको एजेन्डा मध्ये प्रमुख बनाउँदै आएको छ।

 

 

civil hospital
Hams Hospitals