एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली. बीच सम्झौता
वि.सं.२०७९ भदौ १५ बुधवार
shares
काठमाडौं।नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख श्री चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली. कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उप निर्देशक श्री दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लीमा ऋबदष्ल ९म्भगिहभ० मा २५ प्रतिशत, ऋबदष्ल ९ल्यचmब०ि बलम धजयभि दयमथ अजभअप गउ मा २० प्रतिशत, यउभचबतष्यल अजबचनभ ९इ।त्० मा १५ प्रतिशत, ऋत् क्अबल, ह्(चबथ, ग्क्न् ९ग्तिचब क्यगलम०, भ्ऋज्इ, भ्लमयकअयउथ, क्ष्ऋग्रल्क्ष्ऋग्, एयकत गउ, म्भलतब िबलम बmदगबिलअभ मा १० प्रतिशत र उबतजययिनथ बलम उजबचmबअथ ९mभमष्अष्लभ० मा ५ प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
































