२४ घन्टाको अवधिमा ८५ जना नयाँ संक्रकित थपिए
वि.सं.२०७७ चैत १४ शनिवार
1.2K
shares
shares
काठमाडौं, पछिल्लो २४ घन्टाको अवधिमा ८५ जना नयाँ संक्रकित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय ४५ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल ८५ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका ८५ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको छ । यीमध्ये १ हजार २ सय ८८ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
देशभर थप ९३ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ९३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार ४ सय ३५ जना पुगेको छ । निको हुने दर ९८.४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घन्टामा थप ३ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । मृत्यु भएका ३ जनासँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३ हजार २७ जना पुगेको छ ।




























