skip this Content block

दशैंलाई नयाँ नोट, कहिलेदेखि पाइन्छ साट्न ?

17.2K
shares
Nabil bank

काठमाडौं । आगामी १० असोजमा पर्ने घटस्थापनाको दिनबाट सुरु हुने दसैं, तिहार र छठ पर्वका लागि बैंकहरूले सर्वसाधारणलाई २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले २६ भदौदेखि नै बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्नेछ । त्यसपछि बैंकहरूले सर्वसाधारणका लागि २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएका हुन् ।

 

गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मका नयाँ नोट सटही सुविधा पाउनेछन् । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्मको नयाँ नोट सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ ।

 

सबै बैंकहरूमा पु(याइएपछि सर्वसाधारणलाई २९ भदौदेखि नयाँ नोट वितरण गरिने आन्तरिक तयारी गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

 

नेपालका अनुसार गत वर्षजस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मका नयाँ नोट सटही सुविधा पाउनेछन् । यसरी वितरण गरिने नयाँ नोटहरूमा ५ देखि १ सय रुपैयाँसम्मको एक÷एक वटा बन्डल हो ।

 

दसैंका ग्राहकलाई आफ्ना शाखा काउन्टरबाट सहज रूपमा नयाँ नोट उपलब्ध गराउने तयारीमा जुटेको राष्ट्र बैंकले देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थालाई भने २ देखि ५ करोड रुपैयाँसम्मका नयाँ उपलब्ध गराउनेछ ।

 

चालू आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । अझै पनि दसैंका बेला मात्र नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गरी पुनः यस्तो सुविधा प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । राजधानी दैनिक

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x