डा. केसीको स्वास्थ्य जटिल मोडमा, जीवन रक्षा गर्न चिकित्सक संघको माग

27.3K
shares
Nabil bank

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ ।

 

संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ ।

 

 

संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘डा केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्‍याई उहाँको जीवन रक्षा गरिदिनु हुन वार्ता टोलीलाई संघ हार्दिक अनुरोध गर्दछ ।’

 

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने लगायत सातबुँदे माग राख्दै डा. केसी आठ दिनदेखि धनगढीमा अनशनरत छन् । राजधानी दैनिक

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x