दशैंमा घर जाने नेपाली सैनिकका लागि निःशुल्क जहाज र बस सेवा
वि.सं.२०७९ असोज ४ मंगलवार
25.5K
shares
shares
काठमाडौं । नेपाली सेनाले दशैंमा घर जाने बहालवाला सेना तथा उनीहरुका परिवारलाई लक्षित गर्दै निःशुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको छ।
सडक सञ्जाल पुगेका स्थानहरुसम्म बसमार्फत् र सडक सञ्जाल नभएका ठाउँहरुमा हवाई सेवा दिने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।
भदौ २९ गतेदेखि सुरु गरिएको हवाई सेवामार्फत् अहिलेसम्म १३४ जनालाई गन्तव्यमा पुर्याइएको सेनाले जनाएको छ। बस सेवा भने असोज ४ गतेबाट सञ्चालनमा ल्याइने छ।
Subscribe
0 Comments
Oldest
































