‘मेरो चुनाव खर्च २ लाख नि थिएन, जरिवाना ५ लाख? आयोगले लुट्न खोज्यो’

15.1K
shares
Nabil bank

काठमाण्डौँ। धरान उप महानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ (राई) ले जरिवानाको नाममा निर्वाचन आयोगले लुट्न खोजेको आरोप लगाएका छन्।

समयमा नै चुनावी खर्च विवरण सार्वजनिक नगरेकोभन्दै निर्वाचन आयोगले नगर प्रमुख साम्पाङलाई साढे ५ लाख जरिवाना तिर्न भनेको छ।

यही सन्दर्भमा उनले मंगलबार सामाजिक संजालमा धारणा राख्दै आयोगले लुट्ने काम गर्न लागेको बताएका हुन्।

उनी फेसबुकमा लेख्छन् ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो, मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै?’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x