उपत्यका छिर्नु अघि स्वास्थ्य परीक्षण , लक्षण देखिएमा पीसीआर रिपोर्ट अनिवार्य
वि.सं.२०७७ चैत १९ बिहीवार
1.2K
shares
shares
उपत्यका छिर्ने सम्पुर्ण नाकाहरुमा स्वास्थ्य परीक्षण गरिने भएकाे छ । काेराेनाले निम्ताउन सक्ने असरलाई मध्यनजर गर्दै नाकामा स्वास्थ्य परीक्षण कडाईका साथ गर्न लगिएकाे काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
कोरोना संक्रमणको दर बढिरहेका बेला ज्वरो देखिएका व्यक्तिले पिसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने प्रावधान राखिएको हो ।पराजुलीका अनुसार नाकामा ज्वरो नाप्ने कार्यलाई कडाइका साथ लागू गरिएको छ । ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले ज्वरो नाप्छन्’, पराजुलीले भने, ‘ज्वरो वा अन्य लक्षण देखिए पिसीआर रिपोर्ट देखाउन अनिवार्य गरेका छौं ।’
महामारी फैलिन नदिन साबुन पानीले हात धुने, सामाजिक दूरीको पालना गर्ने जस्ता कुरामा चेतना बढाउने खालका गतिविधि पनि थालिएको पराजुलीले बताए ।




























