माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

1.1K
shares

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।

 

केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिएका छन । उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।

 

ढकालले भने, ‘पाँच–छ जना नेताहरु नै भ्याली बाहिर हुनुहुँदो रहेछ, त्यही भएर बैठक स्थगित गरिएको हो, अर्को बैठकको मिति तय भइसकेको छैन ।’

 

माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन आइतबारको स्थायी कमिटी बैठकबाट फिर्ताको निर्णय लिने चर्चा थियो ।

 

 

civil hospital
Hams Hospitals